देशभर पश्चिमी वायुको आंशिक प्रभाव

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको  छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । शुक्रबार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु रहने महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ ।  महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चि...