कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम

सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम हुन्छ । अहिले कतिपय कार्यालयमा सेवा लिन जाने क्रममा कर्मचारीले शासकको व्यवहार प्रस्तुत गर्दा प्रभावकारी सेवा पाउनबाट सेवाग्राही वञ्चित भएको र त्यसको असर सरकारमा पर्दै आएको छ । सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाई चुस्त र प्रभावकारी प्रशासन कायम गर्न जेनजीले माग गर्दै आएका छन् । प्रशासनविद्ले भने सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीको व्यवहार शासक नभई सेवक बन्नुपर्ने सुझाव दिएका छन् । विश्लेषक प्रेमलकुमार खन...