डा. अमर गिरीका कविता र निबन्ध विमोचन

दाङ । प्रगतिवादी साहित्यकार डा. अमर गिरीका दुई कृति उनकै गृहजिल्ला दाङमा विमोचन गरिएको छ । गिरीका ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द र संवाद’ निबन्ध सङ्ग्रह विहीबार विमोचन गरिएको हो । विमोचन कार्यक्रम अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा गरिएको थियो । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार […]