नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २० जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून शाखाले प्रकाशित गरेको सूचनामा ती कर्मचारीहरू आफूखुसी कार्यालयमा गैरहाजिर रहेको उल्लेख छ। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा समेत उनीहरू सम्पर्कमा नआएको जनाइएको छ। सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको का...