तान्जानियाको किलिमञ्जारो हिमालमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

तान्जानियाको किलिमञ्जारो हिमालमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तान्जानिया नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनाको पुष्टि गरेको छ । प्राधिकरणका अनुसार बुधबार किलिमञ्जारो हिमालको बाराफु क्याम्प नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना स्थानीय गाइड र एक जना चिकित्सक (दुवै तान्जानियाली), हेलिकप्टर चालक जिम्बाब्वेका नागरिक तथा चेक गणतन्त्रका दुई जना पर्यटकको मृत्यु भएको तान्जानिया नेशनल पार्क्सले विज्ञप्तिमार्फत जनाएको छ । स्थानीय सञ्चारमाध्यम ‘म्वानान्ची’ र ‘इस्ट अफ्रिका ट...