चालू आर्थिक वर्षको मंसिर महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा देशभर कुल २२५ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यी दुर्घटनाहरूमा परी ६ जनाले ज्यान गुमाएका छन् भने २९५ जना घाइते भएका छन् । तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना लुम्बिनी प्रदेशमा भएको देखिन्छ । लुम्बिनीमा ८० वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १०७ जना घाइते भएका छन् । त्यसैगरी काठमाडौँ उपत्यकामा ४८ वटा दुर्घटना भएका छन्, जसमा १ जनाको मृत्यु र ५५ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४३ वटा दुर्घट...