कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा चुनौती थपिएको छ । धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ वटा पशु रेबिजका कारण मरेका छन् । तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको उहाँले बताउनुभयो । यसै बीचमा कम्तीमा पनि पाँच जनाको रेबिज सङ्क्रमणकै कारण ज्यान गइसकेको छ । सबैभन्...