सन् २०२५ हामीबाट बिदा हुने तयारीमा छ । यो वर्ष विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । विभिन्न खेलमा नयाँ च्याम्पियनको उदय भएको छ । कतिपय खेलमा अघिल्लो वर्षका विजेताले नै यस वर्ष पनि आफ्नो दबदबा कायम राखेका छन् । यो अवधिमा विश्व खेलकुदले केही कीर्तिमानी खेलाडी पनि पाएको छ । केही खेलाडी प्रतिबन्धित औषधि सेवनका कारण प्रतिबन्धमा परेका छन् । केही खेलाडी भने वैवाहिक जीवनमा बाँधिएका छन् भने केही खेलाडीको सम्बन्ध विच्छेद पनि भएको छ । तर, यहाँ चर्चा गर्न लागिएको विषय भने सन् २०२५ मा सक्रिय खेल जीवनबाट बिदा लिएका क्...