‘बक्सिङ डे’ टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार घरेलु टोली अस्ट्रेलियाका ब्याट्सम्यान भ्रमणकारी टोली इङ्ल्यान्डका बलरसामू निरीह बनेका छन् । मेलबर्नमा जारी चौथो टेस्टमा टस हारी ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया पहिलो पालीमा केवल एक सय ५२ रन बनाउँदै अलआउट भयो । अस्ट्रेलियन टोली ४५.२ ओभरमै अलआउट भयो । अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । अस्ट्रेलियाका लागि माइकल नेसरले सर्वाधिक ३५ रन बनाए । उस्मान ख्वाजा २९ रन बनाउँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले २० रन...