तराईमा अझै तीन दिन हुस्सु र कुहिरोको प्रभाव कायमै रहने

काठमाण्डौ – देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ । विशेषगरी तराईमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गरेको छ । जसका कारण यातायात तथा हवाई उडानमा असर पुगेको छ । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार तराई क्षेत्रमा अझै तीन दिन हुस्सु तथा कुहिरोको प्रभाव कायमै रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । राति तराईका अधिकांश ठाउँमा हुस्सु लाग्ने तथा पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ...