आज–भोलिमै सहमति घोषणा गर्ने तयारीसहित रवि-बालेनको टीम गृहकार्यमा

वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आज–भोलिमै सहमतिको घोषणा गर्ने गरी दुवैको टीमले गृहकार्य थालेको छ । फागुन २१ का लागि तोकिएको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने दिन पुस १३ अगावै सहमतिमा पुगिने ती दल निकट स्रोतले बतायो । पुस ७ गते सोमबार र १० गते बिहीबार दुईपटक गरी भएका छलफलबाट रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा स्रोतले जानकारी दियो । ‘आगामी चुनावमा न...