आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशबाट ६३ जना उम्मेदवारको नाम समानुपातिक सूचीमा समावेश गरेको छ । नयाँ र वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले सार्वजनिक गरेको यो प्रारम्भिक सूचीमा विराटनगरको प्रतिष्ठित उद्योगी घरानाकी सदस्य राज्यलक्ष्मी गोल्छाको नाम समावेश गरिएको छ । दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बन्दा ‘चन्दा दिएर पद खरिद गरेको’ आरोप खेपेकी गोल्छाको रास्वपाबाट भएको पुनरागमनलाई धेरैले अर्थपूर्ण रूपमा ह...