काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलन तथा समारोहमा यसबारे जानकारी दिइयो । महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो । ‘कर्णालीका कथालाई चलचित्रमा रूपान्तरण गर्न हामीले […]