ओलीलाई भेट्न गुन्डु पुगे सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । सञ्चारमन्त्री खरेल ओलीलाई भेट्न उनको अस्थायी निवास गुन्डु, भक्तपुर पुगेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो गुन्डुमा छलफल चलिरहेको छ । यसअघि सञ्चारमन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।  आगामी फागुन २१ गतेलाई तय प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल शुरू गरेको छ । यसैक्रममा मन्त्री खरेलले शीर्ष नेताहरूसँग संवाद ...