मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

मुस्ताङ – कोरला नाकाको मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ । गएको भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीन कोरला नाकाबाट पुस १० गते सम्ममा निकासी तथा पैठारी गरी यो मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि अहिलेसम्म कोरला नाका हुँदै चीनतर्फबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँको मालवस्तु नेपाल भित्रिएको बताउनुभयो । यसैगरी नेपालबाट हस्तकला लगायतक...