नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । उनलाई शुक्रबार दिउँसो २ बजे मन्त्रीको शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । उनलाई दिने मन्त्रालयको भने टुंगो लागिसकेको छैन । शपथको बेलासम्म मन्त्रालयको टुंगो लागिसक्ने बताइएको छ । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । परराष्ट्र नभए उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यी दुवै मन्त्रालय अहिले प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हालिरहेकी छन् । शर्माले सेना समायोजन विशेष समिति सचिवालयको संयोज...