ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले समाजको पूँजीका रूपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई नयाँ पुस्तामा हस्तान्तरण गरि देश र समाज लाभान्वित हुन तीनै तहका सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको जनाएको छ । संविधानको धारा ४१ मा व्यवस्था गरिएको ज्येष्ठ नागरिकको हक तथा ज्येष्ठ नागरिक ऐन २०६३ को कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययनका क्रममा ज्येष्ठ न...