अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) चक्रदेव भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौंको रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक भट्टविरुद्ध आयोगले शुक्रबार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी जवानमा नियुक्ति लिई प्रहरी सहायक निरीक्षकसम्म पदोन्नति लिएको र हाल सेवा निवृत्त भई निवृत्ति भरणको समेत लाभ लिएको भन्द...