अन्तरिम सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले सुरक्षाको ग्यारेन्टी गर्ने भन्दै चुनावमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार ओली निवास गुण्डु पुगेका खरेलले आफ्नो कुरामा ओली सकारात्मक रहेको र एमाले पनि फागुन २१ को चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे । 'लोकतान्त्रिक पार्टीले चुनावमा जानुपर्छ भन्ने मान्यता नेकपा एमाले र यसका अध्यक्षको मैले पाएँ,' भेटपछि सञ्चारकर्मीसमक्ष खरेलले भने, 'मैले भोट माग्ने र भोट हाल्ने वातावरण बनाउन...