आसन्न निर्वाचनका लागि कास्कीमा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले ...