अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना : चालकको ज्यान गयो, १६ जना घाइते

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको ज्यान गएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय रा...