पछिल्लो एक साता यतादेखि चिसो अत्यधिक बढेसँगै महोत्तरी सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो कठ्याङ्ग्रिदो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् । निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँ बस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको स्थानीय बताउ...