नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट

नागरिक लगानी कोषका सहभागी, शयरधनी र कर्मचारीहरूले मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । मौलाकालिका अस्पताल भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको हो । सोसम्बन्धी सम्झौतामा कोषकी निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटका लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।