अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु २ च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनि...