गएको महिना रूपन्देहीको भैरहवास्थित निर्वाणा होटल परिसरमा सञ्चालित गोल्डेन स्टार क्यासिनोमा नेपाली र भारतीय ग्राहकबीच विवाद हुँदा गोली चल्यो । जबकि क्यासिनोमा नेपालीलाई प्रवेशका लागि अनुमति नै छैन । नेपाल-भारत सीमा क्षेत्र सुनौली नाकाबाट चार किलोमिटरको दूरीमा रहेको क्यासिनोका सेक्युरिटी गार्डलाई गोली प्रहार गरी भारतीय नागरिक सीमा पार गरे । भैरहवाकै एसियन बुद्धको एलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर (मिनी क्यासिनो)का सञ्चालकबीचको विवाद अदालतसम्म पुगेको छ । शेयर स्वामित्वको विषयलाई लिएर सञ्चालक र अध्यक्षबीचको विवाद अदालतसम्म पुगे...