देउवा र ओलीपछि प्रचण्डलाई भेट्न पुगे सरकारका प्रवक्ता

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । चुनावको वातावरण बनाउनका लागि प्रमुख दलका शीर्ष नेतासँग संवाद गरिएको खरेलले बताए । ओलीसँगको भेटपछि उनले चुनावमा भोट हाल्ने र भोट माग्ने वातावर...