धेरैजसो कामकाजी महिलाहरू गर्भावस्थाको समयमा पनि आफ्नो व्यावसायिक भूमिका इमानदार र जिम्मेवारीपूर्वक निर्वाह गर्छन् । अफिसको मिटिङ, समय सीमा र दैनिकी यी सबैका बीच आफ्नो स्वास्थ्य र गर्भमा हुर्किरहेको बच्चाको ख्याल राख्नु गाह्रो नै हुन्छ । सामान्यतया गर्भावस्थाको समयमा ‘आराम गर्नुहोस्, धेरै काम नगर्नुहोस्’ जस्ता सल्लाह त सबैले दिन्छन्, तर अफिसमा काम गर्दा आउने चुनौतीबारे […]