प्रधानमन्त्री कार्कीले भोलि शीर्ष नेतासँग छलफल गर्ने

काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले भोलि प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गर्नुभएको हो । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेक...