सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिट खारेज गरेको छ । न्यायाधीशहरू डा. मनोज कुमार शर्मा, डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेजीसँगै केही निर्देशनात्मक आदेश समेत जारी भएको छ । यसअघि मंसिर २५ मा नै निसु तोकिएको भएपनि पुस ३ गतेका लागि पहिलोपटक र पुस ११ गतेका लागि दोस्रोपटक निसु सरेको थियो । आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरूलाई ...