एशेज टेस्टमा एकैदिन २० विकेट खस्यो, अस्ट्रेलियालाई ४६ रनको अग्रता

काठमाण्डाै – अस्ट्रेलियासँगको एशेज टेस्ट क्रिकेट शृङ्खलाको चौथो खेलको पहिलो पारीमा इङ्ग्ल्यान्ड १ सय १० रनमै अलआउट भएको छ । खेलको पहिलो दिनको चिया समयपछि ब्याटिङ शुरू गरेको इङ्ग्ल्यान्डले २९ ओभर ५ बलमा १ सय १० रन बनाउँदा सबै विकेट गुमायो । इङ्ग्ल्यान्डका ह्यारी ब्रूकले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका माइकल नेसरले ४ विकेट लिए । यसअघि आजै घरेलु मैदान मेलबर्नमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा १ सय ५२ रन बनायो । अस्ट्रेलियाका माइकल नेसरले सबैभन्दा धेरै ३५ रन बनाए । इङ्ग्ल्यान्डका जोश टङ्गले ५ ...