नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ दिलाएका हुन् । माओवादी जनसेनाका लडाकू व्यवस्थापनमा काम गरेका शर्माले कार्की सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मा पाएका हुन् । प्रधानमन्त्री कार्कीले आफूसँग रहेको खानेपानी मन्त्रालयको जिम्मा श्रम मन्त्री समेत रहेका राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन् । शर्मा मन्त्रिपरिषद्को वरीयतामा १५ औं नम्बरमा छन् । यसअघि गत मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।