चीनको उच्च गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गरेको छ । नयाँ रेल सञ्चालनमा आएसँगै उच्च गतिको रेल नेटवर्कको सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनको उच्च गतिको रेल सेवाहरूले अब पाँच लाखभन्दा धेरै शहरी जनसङ्ख्या भएका ९७ प्रतिशत शहरहरूलाई समेट्ने खबरमा उल्लेख छ । राज्य प्रसारक सीसीटीभीका अनुसार नयाँ उच्च गतिको रेल सेवा चीनको ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध टेराकोटा य...