संयुक्त राष्ट्रसङ्घको आव्हानमा मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ । मध्य अफ्रिकीबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल मध्य अफ्रिकी गणतन्त्रमा १ हजार १८८ जना कार्यरत छन् ।