१२ सहसचिवको सरुवा र पदस्थापन : दोलखामा घिमिरे, सिन्धुपाल्चोकमा अधिकारी

गृह मन्त्रालयले ५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रालयले उपसचिवबाट सहसचिवमा बढुवा भएका ७ जनाको पदस्थापन गरेको छ । नुवाकोटका सीडीओ एवं सहसचिव शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखाको सीडीओ बनाएर पठाइएको छ । त्यस्तै, तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोक, भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँ, कञ्चनपुरका सीडीओ लक्ष्मण ढकाललाई इलाम र प्युठानका सीडीओ दीपकराज नेपाललाई पश्चिम नवलपरासीको सीडीओमा सरुवा...