बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ५ जना हाजिरी जमानीमा रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार सीईओ शेरचन, डीसीओ मणिराम पोखरेल, सीसीओ रिवास श्रेष्ठ तथा गुण एयरलाइन्सका राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्यलाई हाजिरी जमानीमा छाडिदिएको हो । यसअघि सोमबार उच्च अदालत पाटनले 'अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्नू/गराउनू, प्रमाणसहित पेश गर्नू' भनेर निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसक्रममा ५ दिन म्याद दिइएको थियो । यथेस्ट प्रमाण...