बंगलादेश प्रिमियर लिगको पहिलो खेलमै सन्दीप लामिछानेले लिए विकेट

बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगितामा नेपाली बलर सन्दीप लामिछानेले विकेट लिएका छन् । ढाकामा जारी बीपीएलको १२औं संस्करणमा प्रभावशाली लेग–स्पिनर सन्दीपले राजशाही वारियर्सबाट खेलिरहेका छन् । प्रतियोगिताको उद्‌घाटन खेलमा सन्दीपले सिल्हेट टाइटन्सका ब्याट्सम्यान हजरतुल्लाह जजाईलाई विकेटकिपर मुसफिकुर रहिममार्फत स्टम्पिङ गराएका हुन् । सन्दीपले आफ्नो दोस्रो ओभरमा विकेट लिएका हुन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिल्हेट टाइटन्सले १० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ७५ रन बना...