पुराना ओतहरू भत्काऔं, नयाँ राजनीतिक घर बनाऔं

म्याद गुज्रिएका पार्टीका नेताहरूले युवा सङ्घर्षलाई केही बेरको 'कुहिरो' सम्झिएका छन्। उनीहरूलाई लाग्दो हो— कुहिरो उडिसक्यो र अब पुरानै ढर्राको 'ढलिमली' सुरु हुन्छ। तर, हाम्रो विचारमा भ्रष्टाचारमुक्त र समतामूलक समाज निर्माण गर्ने युवाहरूको जोस र धैर्य गलेको छैन।