नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई स्मरण पत्र बुझाएका छन् । समयमै नियमित महाधिवेशन हुने विश्वस्त आधार नदेखिएको भन्दै विशेष महाधिवेशनका लागि स्मरण पत्र बुझाइएको हो । 'स्वभाविक रूपमा महाधिवेशन माग गरेका थियौं । तर, नियमित महाधिवेशन हुने विश्वस्त आधार देखिएन । नियत हो कि के हो थाहा भएन । हामीले मागेको विशेष महाधिवेशनको औचित्य पुष्टि भएको छ । विधानबमोजिम मागिएको विशेष महाधिवेशन होस् भनी स्मरण पत्र बुझाएका छौं ।' केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँ...