एनभीए भलिबलमा महिलातर्फ आर्मी र पुलिसकाे विजयी शुरुआत

काठमाण्डाै – काठमाण्डौमा आजदेखि शुरू भएको नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–११ ले जित्यो । यस्तै अर्काे खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१७,...