गोदावरी नगरपालिकाका तत्कालीन प्रमुखविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाको राजस्व चुहावटसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालतको फैसलामा चित्त नबुझेपछि शुक्रबार सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले यो जानकारी दिए । आयोगका अनुसार तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जन र तत्कालीन उपप्रमुख मुना अधिकारी समेतले राजस्व निर्धारण गर्दा बदनियत राखेका थिए । संविधान, संघीय तथा प्रदेश आर्थिक ऐन र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई बेवास्ता गरिएको आयोगको दा...