अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । वरिष्ठ अधिवक्ता सीताराम केसीको कानूनी सहायतामा दायर गरिएको रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिट निवेदनमा नेपाल सरकारले अध्यादे...