काठमाण्डाै – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरि आफूले काम गर्ने बताउनुभएको छ । आज मन्त्रालयको पदभार ग्रहण गरेसँगै परराष्ट्रमन्त्री शर्माले मित्रराष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘नेपालको छवि संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । हामी आएर देशको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । मैले छिमेकी देशहरूसँग सकारात्मक रूपमा भूमिका खेल्छु । उनीहरू उदयीमान देश हुन् ।...