प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । नेता शर्माले शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपतिसँग देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको नेता शर्माले जानकारी दिएका छन् ।