सुदूरपश्चिमका अस्पतालको फोहरमैला व्यवस्थापन प्लान्ट खरिदमा अनियमितता

१० पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा फोहरमैला व्यवस्थापन गर्न जडित प्लान्ट खरिदमा अनियमितता भएको संसदीय समितिले ठहर गरेको छ । संसदीय उपसमितिले प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत गरेको फोहरमैला व्यवस्थापन प्लान्ट खरिदमा अनियमितता भएको ठहर गरेको हो । उपसमितिले गरेको छानबिनको आधारमा प्रदेशको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान […]