त्रिवेणी कप राष्ट्रव्यापी फूटबल प्रतियोगिताको डिशहोम गो र एक्सन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुने

लमजुङको सदरमुकाम बेसीशहरमा हुने ३३औं त्रिवेणी कप राष्ट्रव्यापी फूटबल प्रतियोगिता आगामी पुस १२ गतेदेखि शुरू हुने भएको छ। उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरू डिशहोम गो र एक्सन स्पोर्ट्स एचडी टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने भएका छन् । यसले देश–विदेशमा रहेका फूटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकको विश्वास छ। बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियो...