कांग्रेसका विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाए

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले आज स्मरण पत्र बुझाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाउँदै अब विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरिएको छ । पत्रमा २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित गएको असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको उल्लेख छ । त्यस्तै पत्रमा तोकिएको समयमा १५औं महा...