चुनावका लागि वातावरण बनिसक्याे : निर्वाचन आयाेग

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि वातावरण बनेको जनाएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि अनुकूल वातावरण बनेको आयोगको निष्कर्ष रहेको जानकारी दिनुभयो । यस्तै आयोगले चुनावसँग सम्बन्धित सूचना दिने गरि आज मिडिया सेन्टर स्थापना गरेको छ । त्यसका लागि आयोगले आज गरेको विशेष कार्यक्रममा सहसचिव भट्टराईले २०७९ को भन्दा आउँदो चुनावमा १० लाख जनाभन्दा धेरै मतदाता थपिएका, एक सय १४ दलले चुनावमा सहभागिता जनाउने जानकारी गराएका,...