कुनै खानेकुराले शरीरभित्र गएर तातोपना दिन्छ त कुनैले चिसो वा ठण्डा महसुस गराउँछ । जाडोमा एकदमै उपयुक्त भनेको जरा गाना समूहमा पर्ने खानेकुरा हो । जरा गाना समूह भन्नाले माटोभित्र फल्नेहरू पर्छन् । मुला, गाँजर, तरुल, सखररखण्ड यी सबै जरा गाना समूहका हुन् । यी प्रायः जहाँसुकै पाइन्छन् । यसले शरीरलाई तातो न्यानो राख्न सहयोग गर्छ । साथै शक्ति पनि दिन्छ । यो मौसममा पालुङ्गो, लसुनको साग पनि पाइन्छ जसले शरीरलाई तातो पनि दिन्छ शक्ति पनि दिन्छ । गहुँ, कोदो, फापरबाट बनेको रोटी, सुप जे पनि बनाएर खान सकिन्छ । यसले पनि र...