ताइवानलाई हतियार बेचेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगायो

ताइवानलाई हतियार बिक्री गरेको आरोपमा चीनले अमेरिकी रक्षा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले १० व्यक्ति र २० अमेरिकी रक्षा फर्मलाई लक्षित गरि प्रतिबन्धको घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रतिबन्धमा पर्नेमा विश्वकै ठूलो एअरोस्पेस निर्माताहरूमध्ये एक बोइङ पनि समावेश छ । प्रतिबन्धमा परेका कम्पनी र व्यक्तिहरूको चीनमा रहेका सम्पत्ति रोक्का हुने खबरमा उल्लेख छ । साथै चीनभित्रका संस्था र व्यक्तिहरूलाई उनीहरूसँग व्यापार गर्नबाट रोक लगाइने मन्त्रालयले भनेको छ । गएको हप्ता अमेरिकाले ताइवानलाई ११ अ...