मंसिर १५ मै फर्कियो कांग्रेस : गगन-विश्व विशेष र संस्थापन नियमित महाधिवेशनको पक्षमा

आगामी महाधिवेशनको विषयमा लामो समय गुजार्दै निष्कर्षमा पुगेको ​नेपाली कांग्रेस पुनः मंसिर १५ को अवस्थामा फर्किएको छ । पुस अन्तिमका लागि महाधिवेशन तालिका सार्वजनिक गरेको कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने बहस फेरि एकपटक सतहमा आएसँगै कांग्रेस पुरानै अवस्थामा फर्किएको हो । गत मंसिर १५ मा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसहमतिमा कार्यतालिका घोषणा गर्दै पार्टी महाधिवेशनको मिति तोकेको थियो। उक्त बैठकले पुस १६ गते वडा अधिवेशन शुरू गरेर २६ देखि २८ सम्म राजधानी काठमाड...